ललितपुर । तराइ मधेश द्रुतमार्गको जेरो किलोमिटर खोकना खुडोल खण्डमा खोकनाबासीले विरोध प्रदर्शन गरेका छन् । बिहानैदेखि स्थानीयवासी बाजा गाजासहित बाक्लो संख्यामा विरोध प्रदर्शनमा उत्रीएका थिए । । सरकारविरुद्ध प्रदर्शन जनाउँदै स्थानीयले खेतमा धान रोप्नुको साथसाथै बाझो खेतमा समेत रोपाइ सुरु गरेका थिए ।
आफ्नो जमिन खनजोग गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले २४ सेल अश्रुग्यास समेत हानेको छ । स्थानीय विरोधमा उत्रीएसँगै त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियोे ।
थप मद्दतको लागि महानगरीय प्रहरी प्रभाग पुल्चोकका इन्स्पेक्टर किसान बस्नेतको कमाण्डमा प्रहरी गएको थियो । स्थानीयले ढुंगामुढा गर्दा इस्पेक्टर बस्नेत सहित ३ जना प्रहरी प्रहरी घाइते भएको महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता एसपी तुल बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अहिले स्थित नियन्त्रणमा आएको छ । भिडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास हानेको थियो । घाइते प्रहरीको पुल्चोक स्थिति अल्का हस्पिटलमा उपचार भैरहेको छ । घाइते भएका अन्य प्रहरीमा प्रभाग बुंगमतीका प्रहरी जवना र अर्का घाइते दंगा नियन्त्रण कार्यालय त्रिपुरेश्वरका प्रहरी जवान परेको प्रहरी उच्च स्रोतले बतायो ।