Logo

आइतवार, आश्विन २५ गते २०८३

images

यसरी मिलाइँदैछ नेकपाको विवाद

यसरी मिलाइँदैछ नेकपाको विवाद

दैनिकी न्यूज

१९, आषाढ २०७७
यसरी मिलाइँदैछ नेकपाको विवाद
images

काठमाडौं । फुट उन्मुख सत्तारुढ नेकपा जोगाउन दोस्रो तहका नेताहरुले सक्रियता बढाएका छन् ।

बिहीबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन गर्न मिल्नेगरी अध्यादेश ल्याउन वर्षे अधिवेशन अन्त्य गरेपछि स्थायी कमिटीको बिहीबारको बैठक एकैछिन बसेर स्थगित भएको थियो ।

पार्टीभित्र विभाजन नै आउने खतरा बढ्दै गएपछि सरकारमा रहेका केही मन्त्री, प्रधानमन्त्री ओली निकटका केही स्थायी कमिति सदस्य र अर्का अध्यक्ष प्रचण्डनिकटका नेताहरुले छलफल गरेका हुन् ।

कृषि मन्त्री घनश्याम भुसालको निवासमा भएको छलफलले पार्टी एकताको आधारबाट पछि हट्न नहुने र त्यसका लागि श्क्ीर्ष नेताबीचमा विश्वासको वातावरण बनाउने निष्कर्ष निकालेको छ । छलफलमा प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेल, पर्यटन मन्त्री योगेश भट्टराई, बन मन्त्री शक्ति बस्नेत, उर्जा मन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल सहित स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, र मणि थापा पनि थिए ।

images
प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - १२:४३:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology