Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आत्महत्या गरेका युवामा कोरोना पुष्टि

आत्महत्या गरेका युवामा कोरोना पुष्टि

दैनिकी न्यूज

१९, आषाढ २०७७
आत्महत्या गरेका युवामा कोरोना पुष्टि
images

रोल्पा ।रोल्पामा रहेको एक क्वारेन्टिनमा आत्महत्या गरेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । विद्यालयहरुका स्थापना गरिएको क्वारेन्टिन भरिएकाले उनलाई गाउँको एउटा घरमा एक्लै राखिएको थियो।

क्वारेन्टिनमै रहेका बेला बुधबार झुन्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका–५का ३१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा स्वाब परीक्षण गरिएको थियो।

स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीका अनुसार उनको रिपोर्ट पोजेटिभ आएको छ। मृतक पुरुषमा कोरोना देखिएपछि उनको कन्ट्याक्ट ट्रेसिङका लागि टोली पठाएर सबैको स्वाब परीक्षण तयारी गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - ११:०४:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology