Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कांग्रेस पदाधिकारी बैठक आज बस्ने

कांग्रेस पदाधिकारी बैठक आज बस्ने

दैनिकी न्यूज

१४, आषाढ २०७७
कांग्रेस पदाधिकारी बैठक आज बस्ने
images

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ।

कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो।

कांग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो। कांग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा सम्पन्न भएको थियो।

images
प्रकाशित मिति :आषाढ १४, २०७७ आइतवार - ०७:३४:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology