Logo

आइतवार, आश्विन २५ गते २०८३

images

दोस्रो दिनको बैठकमा ओली अनुपस्थित, के होला नेकपाको स्थायी समिति बैठक

दोस्रो दिनको बैठकमा ओली अनुपस्थित, के होला नेकपाको स्थायी समिति बैठक

दैनिकी न्यूज

१२, आषाढ २०७७
दोस्रो दिनको बैठकमा ओली अनुपस्थित, के होला नेकपाको स्थायी समिति बैठक
images

काठमाडौँ।  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपनि सत्तारुढ नेकपाको स्थायी समितिको दोस्रो दिनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष प्रचण्डले बैठकको अध्यक्षता गरेका छन् ।

बुधबार बसेको पहिलो दिनको बैठकमा ओली र अर्का अध्यक्ष प्रचण्डले आफ्ना धारणा राखेका थिए । ओलीले सरकारले गरेका कामको बचाउ गरेका थिए भने प्रचण्डले सरकार र पार्टी दुबैतर्फबाट काम हुन नसकेको बताएका थिए ।

७ बुँदे एजेण्डामाथि स्थायी समितिका सदस्यहरुले धारणा राख्ने काम भइरहेको छ । बैठकको सुरुमा प्रधानमन्त्री तथा अध्यक्ष ओली अनुपस्थित भएको विषयमा नेताहरुले असन्तुष्टि जनाएपछि महासचिव विष्णु पौडेलले प्रधानमन्त्रीले केहीबेरपछि आउने सन्देश पठाएको बैठकमा सुनाए । त्यसपछि नेताहरु चुप बसेका थिए ।

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - १४:३५:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology