Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कोन्ज्योसोमले महावीरखोला दलचोकी लिफ्टीन खानेपानी आयोजनलाई निरन्तरता दिने

कोन्ज्योसोमले महावीरखोला दलचोकी लिफ्टीन खानेपानी आयोजनलाई निरन्तरता दिने

दैनिकी न्यूज

११, आषाढ २०७७
कोन्ज्योसोमले महावीरखोला दलचोकी लिफ्टीन खानेपानी आयोजनलाई निरन्तरता दिने
images

ललितपुर । ललितपुरको कोन्ज्योेसोम गाउँपालिकाले आर्थिक वर्ष २०७७–०७८ मा महावीरखोला दलचोकी लिफ्टीन खानेपानी आयोजनलाई निरन्तरता दिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले बुधबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यहाँ रहेका जनतालाई शुद्ध खानेपानीको सुविधा दिने व्यवस्था मिलाउने घोषणा गरे ।

चालु आर्थिक वर्षमै चौघरे लिफ्टीन खानेपानी आयोजनको कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षमा कोन्ज्योसोम प्रतिमा गुप्तेश्वर महादेव मन्दिर लिफ्टीन खानेपानी आयोजनाको कार्र्यलाई पनि अघि बढाइने बताइएको छ ।

कान्ज्योसोमले लिफ्टिन प्रविधिमार्फत ठोस्ने र नल्लु खोलाको पानी सिंचाई सुविधाको व्यवस्था गरी १२ महिना खेती गरिने, एक वडा एक खेलकुल मैदानको अवधारणालाई सार्थक बनाउन खेलकुल मैदान, गाउँपालिका भित्र भइरहेको अव्यवस्थित मदिरा उत्पादन, बेचबिखन र त्यसले निम्त्याएको सामाजिक समस्यालाई व्यवस्थापन र नियन्त्रण गर्न चाडपर्व, शुभकार्य, जन्म र मृत्यु संस्कार बाहेक यी वस्तुको उपभोगमा यथाशिर्घ कार्यविधि बनाई नियन्त्रण गरिने भएको छ ।

तामाङ सांस्कृतिक भिलेजको अवधारणा विकास गरी त्यसलाई मूर्त रुप दिने, सामुदायिक विद्यालयहरुमा तामाङ भाषा पठनपाठन हुने व्यवस्था मिलाउने, झोलुङ्गे र मोटरएवल पुल, सडक वा पूर्वाधार निर्माणका क्रममा वन फडानी भई हुन सक्ने वातावरणीय क्षतिलाई न्यूनिकरण गर्न एक रुख बराबर पाँच बिरुवा, एलानी र प्रति जग्गाको अभिलेखिकरण गरी संरक्षण र समुचित उपभोग गर्न तर्फ पहल गरिने भएको छ ।

कोन्ज्योसोमले व्यवस्थीत रुपमा विकास तथा उपयुक्त श्रोत साधनको परिचालन गर्न डिजिटल भिलेज प्रोफाइल तयार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिने, गाउँपालिका वा वडा कार्यालयको सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन कर्मचारीहरुलाई कार्यसम्पादनको आधारमा दण्डीत र पुरस्कृत गरिने जानकारी गराएको छ ।

कोन्ज्योसोमले शिक्षामा जोड दिन पत्येक वडा तथा सामुदायिक विद्यालयहरुमा बालमैत्री शासनको अवधारणा अनुरुप बालक्लबहरु तथा बालक्लब सञ्जालहरु गठन र पुर्नगठन गर्ने, गाउँपालिकामा खटिने महिला स्वास्थ्य स्वयंसेवीकालाई प्रोत्साहन स्वरुप यातायात खर्च, आयुर्वेद चिकित्सकको पद्र्धती, ध्यान र योगलाई स्वास्थ्य उपचारको सहयोगी माध्यम बनाउन प्रोत्साहित गर्दै ध्यान तथा योग केन्द्रको स्थापना गर्न पहल गरिने जनाइएको छ ।

“जनताको समस्या अध्यक्षबाट हुन्छ समाधानः सिधा राखाँै गुनासा हुन्न कुनै व्यवधान” भन्ने नारालाई सार्थक तुल्याउन जनगुनासो प्रभावकारी रुपमा व्यवस्थापन गरी नागरिक सन्तुष्टि सर्वेक्षण कार्यको शुरुआत गरिने जनाइएको छ ।

गाउँपालिका भित्र फिल्डमा खटिने इञ्जिनियर, सब इञ्जिनियर र अशिष्टेन्ट इञ्जिनियरलाई आगामी आर्थिक वर्षदेखि फिल्ड भत्ता, बजेट किताव स्थानीय राजपत्रका प्रकाशित गरी सर्वशुल्भ रुपमा उपलब्ध, गाउँपालिकाको सबै वडाहरुमा इन्टरनेटको पहुँच विस्तार, महिलामा देखिने पाठेघर समस्या समाधानको लागि शिविर सञ्चालन, पशु सेवामा संलग्न स्वस्यकर्मीको वार्षिक रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख गरियो ।

images
प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - २१:१२:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology