Logo

आइतवार, आश्विन २५ गते २०८३

images

तीन घण्टा चलेको नेकपा स्थायी समितिको बैठकभित्र के के भए ?

तीन घण्टा चलेको नेकपा स्थायी समितिको बैठकभित्र के के भए ?

दैनिकी न्यूज

१०, आषाढ २०७७
तीन घण्टा चलेको नेकपा स्थायी समितिको बैठकभित्र के के भए ?
images

रोशन लामिछाने ।
काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच स्प्पष्ट विवाद देेखियो । 

पहिलो दिनको बैठक र एजेण्डा स्थायी समिति सदस्यलाई उपलब्ध नगराइएका कारण दुई अध्यक्षले मात्र सम्बोधन गरेका थिए । विना राजनीतिक प्रतिवेदन सुरु भएको बैठक तीन घण्टा चलेको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा साढे ११ बजेसुरु भएको बैठक साढे २ बजे सकिएको थियो ।

७ महिनापछि बसेको बैठकको पहिलो दिन दुई अध्यक्ष ओली र प्रचण्डबीचको धारणा नै बाझिएको मात्र होइन विवाद प्रष्ट देखिन खालको भएको एक नेताले बताए ।

'उहाँहरु मिलेको भए राजनीतिक प्रतिवेदन आउथ्यो, बैठकमा दुबै नेताको भनाइ पनि फरक आए', ती नेताले भने ।
ओलीले सरकार र पार्टीको विषयमा राम्रा काम भएपनि प्रचार नभएको, पार्टीमै प्रतिपक्षजस्तो व्यवहार भएको बताएका थिए भने प्रचण्डले जनअपेक्षा अनुसार सरकारले काम नै गर्न नसकेको र आलोपालो प्रधानमन्त्री छाडेर गलत गरेँ कि भन्ने लागेको बताएका थिए ।

पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँडसम्बन्धी सम्झौता छाडेर गल्ती गरेको भन्दै उनले आधाआधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति छाडेकै कारण समस्या भएको बताएको एक नेताले दैनिकीन्युजलाई जानकारी दिए ।

‘ जेठ २ गते पार्टी एकता हुँदाको सम्झौता छाडेर जे फाइदा पुग्ला भन्ने ठानेको थिए, त्यो भएन । त्यसलाई छोडेकै कारण पार्टी नबनेको हो कि भन्ने महशुस भएको छ,’ प्रचण्डले बैठकमा राखेको भनाई उद्धृत गर्दै ती नेताले भने ।
०७६ मंसिर ४ गतेको सचिवालय बैठकले दाहाललाई कार्यकारी अध्यक्ष दिने र ओलीले पाँच बर्ष सरकार चलाउने सहमति गरेको थियो । तर, दाहालले कार्यकारी भूमिका नपाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रचण्डले एक नेता एक जिम्मेवारीको विषय समेत उठाएका छन् । पार्टी बनाउने हो भने, त्याग गरौं, कहाँ कसकसले त्याग गर्नुपर्छ ? प्रचण्डले बैठकमा सोधे ।
केही समय अगाडि प्रचण्ड लगायतका नेताले सचिवालय बैठकमै प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।

यसैबीच बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रसमेत हेर्ने गरी कानुन संशोधन गर्न लागेको विषय फिर्ता लिने निर्णय पनि गरेको जानकारी दिइएको छ ।
राष्ट्रियसभाको विधायन समितिले पारित गरेको प्रतिवेदनमा अनुसन्धान अधिकृतले ‘कुनै काम तत्काल रोक्नुपर्ने कारण देखेमा’ रोक लगाउन आदेश दिन सक्ने व्यवस्था राखिएको छ ।
स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि एकछिन चर्काचर्कि भएको थियो ।
ओलीले पार्टी एकतामा आफ्नो मात्रै भूमिकाको व्याख्या गर्न थालेपछि नेता नेपालले सबैको भूमिकाले एकता भएको बताएका थिए ।

एजेण्डाका विषयमा धेरैबेर चर्कीचर्की समेत भएपछि परिमार्जन गरिएको थियो । ७ एजेण्डामाथि शुक्रबारदेखि छलफल हुनेछ ।

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - २२:३९:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology