Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक पक्राउ

दैनिकी न्यूज

१०, आषाढ २०७७
जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक पक्राउ
images

 ललितपुर।  २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१४ तिखेदेवल बस्ने महोत्तरी मगहा नगरपालिका-२ घर भएका ३५ वर्षीय लाल बाबु सदालाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेठ २७ गते ती महिलालाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानस्थित निर्माणधिन घरमा सापटी रकम लिन बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर मंगलबार दिउँसो प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको  छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - १४:३३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology