Logo

आइतवार, आश्विन २५ गते २०८३

images

काठमाडौंका यी स्थानमा आज लोडसेडिङ

काठमाडौंका यी स्थानमा आज लोडसेडिङ

दैनिकी न्यूज

९, आषाढ २०७७
काठमाडौंका यी स्थानमा आज लोडसेडिङ
images

काठमाडौँ । आज काठमाडौंको केही ठाउँमा करीब पाँच–छ घण्टा बत्ती जाने भएको छ । घुम्ती, धापासी, च्यासिन्टोल, हात्तीगौडा, बालुवाडीपो, हेपालीलगायतका क्षेत्रहरुमा आज दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने भएको हो ।

महाराजगञ्ज वितरण केन्द्रको गणेशस्थान फिडरबाट वितरित लाइन बूढानीलकण्ठ नगरपालिका २ गणेश चोकको जीर्ण लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकोले सो क्षेत्रमा बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

तोकिएको समयभन्दा अघि नै काम सकिए चाँडै नै बत्ती आउने पनि प्राधिकरणले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७७ मंगलवार - ०९:२१:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology