Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एकजना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एकजना पक्राउ

दैनिकी न्यूज

८, आषाढ २०७७
जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एकजना पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धि डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका वडा नं. २ घर भएका २३ वर्षीय शम्भु राईलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शम्भुले बुढानिलकण्ठ नगरपालिका वडा नं. १४ बस्ने १४ बालिकालाई जेठ २९ गते विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप भई अनुसन्धान गरिरहेको वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ ८, २०७७ सोमवार - १६:५५:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology