Logo

आइतवार, आश्विन २५ गते २०८३

images

भारतसँगको सीमा क्षेत्रमा काँडेतार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

भारतसँगको सीमा क्षेत्रमा काँडेतार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

दैनिकी न्यूज

७, आषाढ २०७७
भारतसँगको सीमा क्षेत्रमा काँडेतार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
images

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउन माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता शालिकराम सापकोटा, नायक नवल खड्का, कानुन व्यवसायी गीता शाह र अधिवक्ता सुवाश विश्वकर्माले सीमा क्षेत्रमा काँडेतार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

नेपालले हालसम्म राज्यको सीमा सुरक्षा र संरक्षण सम्बन्धी कानुन बनाउन नसकेकाले तत्काल कानुन बनाएर यसै आर्थिक वर्षदेखि तारजाली लगाउन परमादेशको माग रिटमा गरिएको छ । अधिवक्ता शालिकराम सापकोटाले भने– ‘हामीले नेपाल भारत सीमामा तत्काल काडेतार लगाउन माग गर्दै सर्वोच्चमा रिट हालेका छौं ।’ सीमा क्षेत्रलाई सुरक्षा प्रदान गर्न, फौजदारी अपराध पत्ता लगाउन र रोक्न, सीमा क्षेत्रमा रहेका व्यक्तिको जीवन, स्वास्थ्य, वातावरणको सुरक्षा र अवैध आप्रवासन रोक्नका लागि रिट दायर गर्नु परेको अधिवक्ता सापकोटाले बताएका छन् ।

आइतबार दर्ता भएको ३८ पृष्ठ लामो रिटमा विभिन्न देशका सीमा सुरक्षा सम्बन्धमा बनेका विभिन्न कानुन, नेपालमा यसअघि भएका सीमा सुरक्षाका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामका विषय उल्लेख गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय संसद, कानुन मन्त्रालय,राष्ट्रिय सुरक्षा परिषद्, परराष्ट्र, गृह र रक्षा मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

images
प्रकाशित मिति :आषाढ ७, २०७७ आइतवार - १७:३०:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology