Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सशस्त्र प्रहरी बलको दार्चुलाको भवन उद्घाटन

सशस्त्र प्रहरी बलको दार्चुलाको भवन उद्घाटन

दैनिकी न्यूज

३, आषाढ २०७७
सशस्त्र प्रहरी बलको दार्चुलाको भवन उद्घाटन
images

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाको नव निर्मित भवनको आज उद्घाटन गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा भौगोलिक विकटताका बावजुद त्यस क्षेत्रमा सशस्त्र प्रहरी कर्मचारीहरुले शान्ति सुरक्षामा पु¥याएको योगदानको प्रशंसा गर्नुहुँदै कोभिड–१९ महामारी नियन्त्रणमा देशभर सशस्त्र प्रहरीको परिचालन तथा भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

2 (5).jpg

उनले सो गुल्मलाई गणमा स्तरोन्नती गरिने योजना रहेको चर्चा गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षा लगाएत विपद् प्रकोप पीडित नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्वार कार्यमा दत्तचित्त भई सकृयताकासाथ कृयाशिल रहन निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले निरन्तर कार्यक्षेत्रमा चौविसै घण्टा खटिने सुरक्षाकर्मीहरुको योगदान सराहनिय रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी बल, नेपाललाई अझै आधुनिक साधनस्रोत सम्पन्न बनाउन आफुहरु सधैं कृयाशिल रहिरहने बताए ।

उनले आगामी दिनहरुमा सीमा नाकाहरुमा थप बोर्डर आउट पोष्टहरु थप्दै लगिने कार्ययोजना रहेको उल्लेख गर्नुहुँदै क्रमिक रुपमा स्थायी भवन समेत निर्माण गरिने बताए ।

सो गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक डम्मरबहादुर विष्टले सो अवसरमा निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरे । करीव २ करोड ८७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको १५ वटा कोठा रहेको सो भवनमा कार्यालय, भण्डार तथा तीन वटा व्यारेक समेत रहेको छ ।

4 (4).jpg

सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै सोहि जिल्लाको छाङ्गरुमा हालै स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छाङ्गरुको निरीक्षण समेत गर्नुभई उच्च मनोवलकासाथ जिम्मेवारी निर्वाहमा कृयाशिल रहन निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै नेपाली सेनाको दुर्गादल गुल्म दार्चुला परिषरमा भएको बृक्षारोपण कार्यक्रममा बृक्षारोपण समेत गरे ।

images
प्रकाशित मिति :आषाढ ३, २०७७ बुधवार - २१:०८:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology