Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कोरोना संक्रमण अहिलेसम्मकै उच्च, ५८६ संक्रमित थपिए, थप एकको मृत्यु

कोरोना संक्रमण अहिलेसम्मकै उच्च, ५८६ संक्रमित थपिए, थप एकको मृत्यु

दैनिकी न्यूज

३, आषाढ २०७७
कोरोना संक्रमण अहिलेसम्मकै उच्च, ५८६ संक्रमित थपिए,  थप एकको मृत्यु
images

काठमाडौँ।  पछिल्लो २४ घण्टामा नेपालमा नोभेल कोरोना भाइरसका हालसम्म कै धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएका बताएका छन् । यस अघि सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए भने मंगलबार ३८० संक्रमित थपिएका थिए ।

आज थपिएका संक्रमितहरु उदयपुरका ४, सिरहाका १, मोरङका ९, झापाका २, धनुषामा २६, महोत्तरीका २००, बाराका ७, कपिलवस्तुका १०, रौतहटका १२७, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३८, कैलालीका १, पर्वतका ३, पूर्वी नवलपरासीका १७, गुल्मीका २६, अर्घाखाँचीका १२, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र आरडीटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गरिएको छ। संक्रमितको संख्या ७१ सय ७७ पुग्दा ११ सय ६७ जनाले कोरोना जितेका छन्।

अहिले क्वारेन्टाइनमा एक लाख २५ हजार ७ सय ९८ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार पाँच हजार ९ सय ९० जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

त्यस्तै कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्‍वर गौतमका अुनसार मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिला रहेकी छन् । 

मिर्गौलाको समस्या भएपछि नेपालगन्‍ज शिक्षण अस्पतालमा जेठ ३० गते भर्ना भएकी  उनको असार १ गते स्वाब संकलन गरी कोरोना परीक्षणका लागि नमुना पठाइएको थियो । उनको असार १ गते साँझ नै मृत्यु भएको थियो ।

उनको असार २ गतेको परीक्षणका नतिजाका क्रममा कोरोना संक्रमण भएको पाइएको हो । हालसम्म मृत्यु हुनेको संख्या २० पुगेको छ । यसअघि कोरोना संक्रमणले सिन्धुपाल्चोक, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक/एक जनाको मृत्यु भएको छ। गुल्मीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।

images
प्रकाशित मिति :आषाढ ३, २०७७ बुधवार - १६:२९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology