बारा । भन्सार चोरी निकासी गर्न लागेको ठूलो मात्रामा छोकडा जिल्ला प्रहरी कार्यालय बाराले बरामद बरामद गरेको छ ।
बारा जिल्लाको विश्रामपुर गाउँपाकिला वडा नं. ४ बलिरामपुर टोलको बाटो हुँदै नेपालबाट भारततर्फ चोरी निकासी गर्नको लागि छोकडा थुपारी राखेको अवस्थामा छोकडा बरामद गरेको हो ।
प्रहरीले करिब ५ लाख २५ हजार बराबरको ४० बोरामा करिब ३५ क्विन्टल छोकडा गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार बरामद छोकडा आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय बिरगंज पर्सामा पठाइएको छ ।