काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा कार्यरत ६ जना कर्मचारीलाई घूससहित पक्राउ गरेको छ ।
मंगलबार उनीहरु घुससहित पक्राउ परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरुबाट ८ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता कोइरालाले बताए ।
पक्राउ पर्नेहरुमा मालपोल अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाल रहेका छन् ।
अख्तियारको टोलीले उनीहरुलाई घुस लिइरहेको अवस्थामा टोखा नगरपालिका वडा नं. ९ सामाखुसी चोक स्थित स्काई पार्टी प्यालेस अगाडिबाट घुस रकम सहित नियन्त्रणमा लिएको हो ।