ललितपुर । नेपाली कांग्रेस ललितपुरले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई मंगलबार ज्ञापन पत्र पठाएको छ । पार्टीका जिल्ला सभापति मदन बहादुर अमात्यको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टमार्फत प्रधानमन्त्री समक्ष सो ज्ञापन पत्र पठाएको हो ।
कांग्रेसले कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जिल्ला सभपाति अमात्यले जानकारी दिए ।
ज्ञापन पत्र बुझाउन पार्टीका सभापति अमात्यसहित सिडिओ कार्यालयमा पुर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणा, पुर्व सांसद रामकृष्ण चित्रकार, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, सचिव भिमसेन घिमिरे, महासमिति सदस्यहरु जितेन्द्र कुमार श्रेष्ठ, मीनकृष्ण महर्जन, ऋषिराम घिमिरे, प्रेमकृष्ण महर्जन, महिला संघ केन्द्रीय सदस्य निरू खड्का, पुर्व सचिव रविन्स शर्मा, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चन लगायतका नेता कार्यकर्ता पुगेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा सरकारलाई दबाब दिन स्वदेश र विदेशबाट आज एक साथ प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।