Logo

आइतवार, आश्विन २५ गते २०८३

images

के भनेका थिए प्रचण्डले संसदमा ?

के भनेका थिए प्रचण्डले संसदमा ?

दैनिकी न्यूज

३१, जेठ २०७७
के भनेका थिए प्रचण्डले संसदमा ?
images

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले राजतन्त्र कालमा गुमाएको भूमि नेपालले गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको बताएका छन् ।
शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु नेपालको लागि राष्ट्रिय स्वाधिनताको विषय भएको बताए ।

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आएका छौं, प्रचण्डले भने।
संविधान संशोधन विधेयकमा नेपालीले जनाएको समर्थनमा आफ्नो पनि ऐक्यबद्बता रहेको बताउँदै उनले देशको गुमेको भूभाग फिर्ता लिने चरणमा आइपुगिएको बताए ।

सीमा विवादलाई लिएर छिमेकी राष्ट्र भारतसँग दुश्मनी नचाहेको प्रचण्डको भनाई छ । लामो समयदेखिको भूमि विवादको समाधान कुटनीतिक प्रयासबाट समाधान हुनेमा आफूहरु विश्वस्त रहेको भन्दै भूमिलाई लिएर भारतसँग कुनै दुश्मनी नचाहेको प्रचण्डले बताए ।

‘वार्ता संवादकै बाटोबाट यो समाधान होस् भन्ने चाहेका थियौ, हामीले भारतसँग दुश्मनी चाहेका छैनौं । कुटनीतिक संवादमार्फत् समाधान चाहन्छौं, प्रचण्डले भने, बरु यसलाई सधैका निम्ति समाधान गर्ने खोजीमा छौं । हामी सबै राजनीतिक पार्टी गम्भिर छौं,’ प्रचण्डले भने ।
नेपालको राष्ट्रिय मुद्दामा सबै दल, सबै नेपाली जनता एक ठाँउमा भएको भन्दै भारतलाई अप्ठ्यारो पार्न एकता प्रर्दशन नभएको बताए ।

भारतीय सरकार, त्यहाँका पत्रकार, बुद्धिजिविलगायतले नेपाली जनताको यो संवेदनशीलतालाई बुझिदिन प्रचण्डले आग्रह गरे ।

नेपालले लामो समयदेखि अर्कै ढंगबाट समस्याको समाधान चाहेका बेला लिपुलेकमा लकडाउनको बेला भारतले बाटो उद्घाटन गरेर नेपाललाई एकताबद्ध हुन नकारात्मक सहयोग गरेको भन्दै भारतीय मन्त्रीलाई उनले धन्यवादसमेत दिए ।

दुवै छिमेकीसँग नेपालले सुमधुर सम्बन्ध विकास गर्न चाहेको बताउँदै भारतसँग दूरी बढाउने नेपालको कुनै योजना नरहेको स्पष्ट पारे । भारत सरकारसँग मित्रता चाहेका छौं, नेपाल र नेपाली जनतालाई विकास र समृद्धितर्फ लैजान चाहेका छौं । यो निर्णय सर्वसम्मतिले पारित गर्नु भनेको भारतसँग दूरी बढाउनु हैन, वार्ताका लागि घचघच्याउनु हो,’ प्रचण्डले थपे ।

प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथि दफावार छलफलपछि पारित गर्ने आजको कार्यसूची रहेको छ ।

images
प्रकाशित मिति :जेठ ३१, २०७७ शनिवार - १५:१५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology