Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सरकारविरुद्ध प्रदर्शन चर्किएपछि प्रधानमन्त्रीद्वारा खर्च विवरण सार्वजनिक

सरकारविरुद्ध प्रदर्शन चर्किएपछि प्रधानमन्त्रीद्वारा खर्च विवरण सार्वजनिक

दैनिकी न्यूज

३१, जेठ २०७७
सरकारविरुद्ध प्रदर्शन चर्किएपछि प्रधानमन्त्रीद्वारा खर्च विवरण सार्वजनिक
images

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खर्च गरेको भनेको १० अर्बको विवरण सार्वजनिक गर्न माग गर्दै युवाहरुको आन्दोलन चर्किएसँगै सरकारले शनिबार खर्चको फाँटवारी विवरण सार्वजनिक गरेको छ ।

कोरोना नियन्त्रणका लागि अहिलेसम्म १० अर्ब खर्च भयो भनेर सरकारले जानकारी गराएसँगै सदनदेखि सडकसम्म त्यसको विवरण मागिएको थियो ।

कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशनमा सार्वजनिक गरिएको विवरणअनुसार अहिलेसम्म तीनै तहमा गरी जम्मा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ ।

अहिलेसम्म संघीय सञ्चित कोषबाट विभिन्न मन्त्रालयले जम्मा ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि रक्षा मन्त्रालयमार्फत सबैभन्दा बढी २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयमार्फत एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार ंरुपैयाँ खर्च भएको छ । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयमार्फत् ५ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।


त्यसैगरी सात वटै प्रदेशले अहिलेसम्म कोरोना रोकथाम र नियन्त्रणका लागि एक अर्ब ३० करोड ४ लाख ९९ हजार खर्च भएको छ । प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा ३६ करोड ४८ लाख ७० हजार खर्च भएको छ भने प्रदेश नम्बरमा ५ सबैभन्दा कम ७ करोड ७९ लाख ३० हजार खर्च भएको छ ।

त्यसैगरी स्थानीय तहले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेको सरकारले जनाएको छ ।

त्यस्तै औषधि र स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख, स्वास्थ्य पूर्वाधारमा एक अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वारेन्टाइन व्यवस्थापनमा १३ करोड ५५ लाख ९८ हजार र अन्य शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ निकासा भएको सरकारले जनाएको छ ।

यसअघि संसद्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा तीनवटै सरकारका तर्फबाट ९ अर्ब ८७ करोड खर्च भएको जानकारी दिएका थिए ।

 

images
प्रकाशित मिति :जेठ ३१, २०७७ शनिवार - १३:३२:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology