Logo

सोमवार, आश्विन २६ गते २०८३

images

सर्वोच्च अदालतको आदेशः लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउनू

सर्वोच्च अदालतको आदेशः लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउनू

दैनिकी न्यूज

२९, जेठ २०७७
सर्वोच्च अदालतको आदेशः लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउनू
images

काठमाडौँ । सर्वोच्च अदालतले तत्काल कर बुझाउनुपर्ने सरकारको सूचना कार्यान्वयनलाई रोक लगाइदिएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले लकडाउन पूर्ण रुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र कर बुझाउन सक्ने व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले लकडाउनकै अवधिमा पनि जेठ २५ गतेसम्म आफ्नो कर बुझाउन सम्बन्धित व्यवसायीहरुलाई सूचना जारी गरेको थियो। उक्त सूचनाको व्यापक विरोध भएपछि सरकारले असार ७ र १५ गतेसम्म कर तिर्न समयावधि तोकेको थियो । कर तिर्न ताकेता गरेको सूचनाले व्यवसायीहरु मारमा परेको भन्दै अधिवक्ता सिर्जना अधिकारीलगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

सर्वोच्च अदालतले लकडाउन खुलेको मितिलाई प्रारम्भविन्दुको रुपमा मान्नुपर्ने आदेश गरेको छ ।  बुधबारको सुनुवाइपछि भएको अन्तरिम आदेशको विवरण बिहीबार सर्वोच्च अदालतले सार्वजनिक गरेको हो ।

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - १५:५२:२५ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # कर

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology