काठमाडौं । कोरोना संकटमा रहेका नेपालीलाई सरकारले विदेशबाट ल्याउने क्रम जारी राखेको छ । बिहीबार विहानको पहिलो र दोस्रो फ्लाइटबाट कुबेतमा रहेका ३ सय ११ नेपाली महिला स्वदेश फर्केका छन् ।
विहानको पहिलो फ्लाइटमा तीन गर्भवती सहित १६१ जना महिला स्वदेश फर्किसकेका छन् ।
जजिरा एयरको विमानबाट उनीहरु त्रिभूवन विमानस्थलमा अवतरण गरेलगत्तै होल्डिङ सेन्टरमा लगिएका छन् । साझा यातायातले होल्डिङ सेन्टर सम्म पु¥याएको छ ।
कुवेतबाटै थप नेपाली लिएर जजिरा एयरको दोस्रो विमान पनि बिहीबार दिउँसो काठडमाडौं आइपुग्नेछ । दोस्रो विमानमा १५० जना नेपाली आइपुगे ।
कुवेत सरकारकै पहलमा स्वदेश फर्किन चाहने नेपाली कामदारहरु लिएर जजिरा एयरलाइन्सका विमान आएको हो ।
ती महिलामध्ये अधिकांश घरेलु कामदारका रुपमा काम गर्न गएका थिए ।
नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेपछि आफ्नो देशमा अलपत्र नेपाली कामदारलाई कुबेतले आफै पठाएको हो ।
गएको शुक्रबार एयर अरेबियाले दुबईबाट १६८ नेपाली कामदार लिएर आएको थियो । यस्तै म्यानमारबाट पनि २६ नेपाली फर्किएका छन् ।