Logo

सोमवार, आश्विन २६ गते २०८३

images

नेकपाले महालक्ष्मी नगर गठनमा यसरी मिलायो भागबण्डा

नेकपाले महालक्ष्मी नगर गठनमा यसरी मिलायो भागबण्डा

दैनिकी न्यूज

२९, जेठ २०७७
नेकपाले महालक्ष्मी नगर गठनमा यसरी मिलायो भागबण्डा
images

ललितपुर । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) ले ललितपुरको महालक्ष्मी नगरकमिटी गठनमा भागबण्डा मिलाएको छ । नगरकमिटी इन्चार्ज भरत कुमार पराजुलीका अनुसार पूर्व एमालेले ६० प्रतिशत र पूर्व माओवादी केन्द्रले ४० प्रतिशत पाउने गरी सहमती भएको छ ।

महालक्ष्मी नगरका इन्चार्ज पराजुली, सहइन्चार्ज केदार केसी, अध्यक्ष हरिगोविन्द श्रेष्ठ र सचिव श्यामकृष्ण महर्जनबीच मंगलबार भएको छलफलमा भागबण्डा गर्ने सहमती जुटेको हो । महलक्ष्मी नगरकमिटि ८१ सदस्यीय हुनेछ । यसआधारमा पूर्व एमालेले ४८ र पूर्व माओवादी केन्द्रबाट ३३ जना रहनेछन् ।

सहमतिलाई ललितपुर पार्टी कार्यालयमा बुझाइएको र जिल्ला कमिटिबाट अनुमोदन हुनेवित्तिकै नगरकमिटीको औपचारिक गठन गरिने इन्चार्ज पराजुलीले दैनिकीन्युजलाई बताए । नगरकमिटी गठन नभएकै कारण पार्टीको गतिविधि ठप्प भएको भन्दै जनस्तरबाट विरोध हुन थालेपछि गठनलाई तीव्रता दिएर सहमति गरेको उनले दाबी गरे ।

ललितपुर जिल्ला जिल्लामा ६ स्थानीय तह रहेको छ । तीन वटा स्थानीय तह बागमती, कोन्ज्योसोम र महांकालमा नेकपा गठन गरिसकेको छ । उता गोदावरी नगर र ललितपुर महानगर कमिटी अझै गठन हुन सकेको छैन । भागवण्डामा कुरा नमिल्दा गठन रोकिएको नेताहरु बताउँछन् ।

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - ०९:३३:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology