Logo

आइतवार, श्रावण २४ गते २०८३

images

उच्चका न्यायाधीश जसको आदेशले नेपालको राजनीतिक कोर्श नै फेरिदियो

उच्चका न्यायाधीश जसको आदेशले नेपालको राजनीतिक कोर्श नै फेरिदियो

दैनिकी न्यूज

१५, जेठ २०८३
उच्चका न्यायाधीश जसको आदेशले नेपालको राजनीतिक कोर्श नै फेरिदियो
images

गत २१ फागुनमा भएको निर्वाचनको नतिजा आश्चर्यजनक थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा अभूपूर्व जनमत ल्यायो । तर उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी र हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीचको मिलन कसरी भयो ? रवि र बालेनको राजनीतिक सहयात्रा कसरी सम्भव भयो ? यसलाई बुझ्न उच्च अदालत तुल्सीपुर बुटवल इजलासको आदेशतर्फ फर्किनुपर्ने हुन्छ ।

रवि लामिछाने सहकारी ठगीसम्बन्धि मुद्दामा थुनामा थिए । तर उनलाई थुनामुक्त गर्ने उच्च अदालत बुटवलको आदेशपछि नयाँ दल मानिएको रास्वपामा रवि लामिछाने सक्रिय भए । थुनामुक्त भएपछि २१ फागुनमा तोकिएको निर्वाचनको लागि तत्कालीन काठमाडौं महानगरका मेयर बालेन शाह र उनीबीच राजनीतिक समिकरण भयो । सोहि समिकरण अनुसार राष्ट्रिय स्वतन्त्र पाटीले दुई तिहाई नजिक सिट ल्यायो । अन्नतः राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो नतिजा ल्याउनुको सुरुवात विन्दु रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले दिएको आदेश नै थियो । सोही आदेशकै जगबाट हाल राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमतको स्थायी सरकार बनायो ।
त्यतिबेला थुनामुक्तको आदेश दिने न्यायाधीश थिए, बासुदेव आचार्य । उनी उक्त आदेश दिने बेलामा बुटवल इजलासको मुख्य न्यायाधीश थिए । जेनजी आन्दोलनपछि अदालतमा थपिएको चुनौति थपिएको थियो । दलहरुको दबाबसँग समेत जोडिएको लामिछानेसम्बन्धी उक्त मुद्दामा न्यायाधीश आचार्यले दिएको आदेशलाई निकै रचनात्मक र समयसमपेक्ष आदेशका रुपमा हेरियो ।
त्यसो त कतिपय न्यायिक आदेश यति महत्वपूर्ण हुन्छन्, जसले एउटा मुद्दाको फैसला मात्रै गर्दैन, समयको धार नै मोडिदिन्छ । लामिछानेको मुद्दामा भएको आदेशलाई पनि त्यस्तै मान्न सकिन्छ । उक्त मुद्दामा विगतमा राजनीतिक स्वार्थ समेत गाँसिएको थियो । तर बचतकर्ताको रकम सुरक्षित गरेर उनलाई थुनामुक्त गर्दा अदालतप्रति जनविश्वास पनि बढ्यो भने लामिछाने र बालेन शाहको समिकरणले युवापुस्तालाई आकर्षित ग¥यो ।

अदालतले समयमै लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएपछि छोटो चुनावी होमर्क गरेर २१ फागुनको चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व जनमत पायो ।
स्रोतका अनुसार आचार्यलाई हालको सरकारले लामिछानेको मुद्दा फैसला भन्दा पनि कार्य सम्पादनका उत्कृष्ट रहेका न्यायाधीशको रुपमा ‘नोटिस’ गरेको छ । नियुक्त भएदेखि आफू पुगेका अदालतमा मुद्दा फैसलामा उत्कृष्ट भएका उनलाई न्याय सम्पादनमा उत्कृष्ट न्यायाधीशका रुपमा पनि हेरिएको छ ।  

न्यायाधीश आचार्य र न्यायाधीश तेजनारायण पौडेलको संयुक्त इजलासले १३ पुसमा उक्त आदेश दिएको थियो ।

कार्य सम्पादनमा सधै अग्रणी

आचार्य २०७३ पुस २९ गते उच्च अदालतमा नियुक्ति भएका थिए । त्यस लगत्तै उनी उच्च अदालत विरगञ्चमा कार्यरत रहे । त्यहाँ रहँदा सबै भन्दा बढी मुद्दा फैसला गरी प्रथम भए । त्यहाँको कार्यकालपछि उच्च अदालत पाटन सरुवा भएका उनले पाटनमा दुई कार्यकाल बिताए । यहाँ कार्यरत रहँदा ३५ जना न्यायाधीशमध्ये पहिलो र दोस्रो तथा अग्रणी न्यायाधीशका रुपमा मुद्दा फैसला गरे ।

त्यहाँ बसेपछि उनको सरुवा राजविराज उच्च अदालतमा भयो । यहाँ पनि फैसला कार्य सम्पादनमा प्रथम भए । त्यहाँको कार्यकाल पछिसरकारको निर्णय बमोजिक उनी श्रम अदालतको अध्यक्षमा नियुक्त भए । त्यस अदालतमा साढे दुई वर्ष बस्दा श्रम अदालतलाई व्यवस्थित मात्रै गरेनन् २०५२ सालमा स्थापना भएको अदालतका सबै फैसला र अदालत व्यवस्थापन गरे । त्यहाँ फैसलाका तीनवटा संग्रह समेत प्रकाशन गरे भने भाडामा रहेको अदालतलाई भक्तपुरस्थित व्यवस्थित भवनमा सारे । त्यहाँ सरेपछि श्रम अदालतलाई श्रमिकका मुद्दामा न्याय दिन सहज भयो ।

श्रम अदालतमा बसेपछि उनको उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सरुवा भयो । यहाँ पुगेपछि उनले ३० वर्षदेखि व्यक्तिले कब्जा गरेको अदालतको जग्गालाई अदालतकै स्वामित्वमा फर्काए । उच्च अदालत बुटवलमै कार्यरत रहँदा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी सम्बन्धित मुद्दामा थुनामा रहेका लामिछानेलाई सहकारीको रकम सुरक्षित गर्ने र बचतकर्ताको रकमलाई सुरक्षित गर्ने गरी थुनामुक्त गर्ने आदेश दिए । आदेशपछि लामिछाने थुनामुक्त भए ।

images
प्रकाशित मिति :जेठ १५, २०८३ शुक्रवार - १०:०८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology