Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एकीकृत स्वास्थ्य शिविरको उद्घाटन

एकीकृत स्वास्थ्य शिविरको उद्घाटन

दैनिकी न्यूज

१२, माघ २०८१
एकीकृत स्वास्थ्य  शिविरको उद्घाटन
images

ललितपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले एकीकृत स्वास्थ्य शिविरको उद्घाटन गरेका छन् । प्रत्येक नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुगोस् भन्ने मुख्य उद्देश्यका साथ अभियान सञ्चालन गरिएको बताए ।

Dainikeenews advertise Final Health.jpg

जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजना तथा बागमती गाउँपालिकासहित विभिन्न अस्पतालको समन्वय र सहकार्यमा शुक्रबार बागमती वडा नं. ४ प्युटारमा आयोजित प्रदेश स्वास्थ्यमन्त्री थापाले शिक्षा र स्वास्थ्य उपचारका लागि बसाइँसराइ गर्नुपर्ने अवस्था नहोस् भनेर प्रदेश सरकारले काम गरिरहेको बताए ।

“६१ लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने यस क्षेत्रका जनतालाई सेवा पुर्याउन बृहत स्वास्थ्य शिविर सञ्चालन र एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धनलाई जोड दिएका छौँ, स्वास्थ्य परीक्षणमा देखिएका रोगको उपचार गरी निवारण गर्न सहज हुने अभिप्रायले यस्ता कार्यक्रम गरिरहेका छौँ, प्रत्येक जिल्लाको दुर्गममा स्वास्थ्य शिविर गरेर स्वास्थ्यको पहुँच पुर्याउने प्रदेश सरकारको योजना छ,” उनले भने ।

प्रदेश मन्त्रालय नीति तथा योजना महाशाखा सागरप्रसाद घिमिरेले सबै नागरिकलाई सेवा प्रवाहका लागि सङ्घीयताको कार्यान्वयनमा लागेको बताउँदै प्रदेश सरकारले विभिन्न सेवा प्रवाहका साथै रोग लाग्न नदिन र रोकथाम गर्नका लागि उपचार गर्न स्थानीय तहसँगको साझेदारीमा स्वास्थ्यका कार्यक्रम गरिरहेको जानकारी गराए ।

“सरकारले धुम्रपान, मध्यपान विरोधी कार्यक्रम, स्वास्थ्य बिमा, पाठेघरको मुखको क्यान्सर, प्रजनन् स्वास्थ्य समस्यासम्बन्धी रोगको पहिचान गरेर निदानका लागि कार्यक्रम गर्दै आएको छ, नेपालमा नसर्ने रोग बढिरहेको अवस्थामा अस्पताल बनाएर उपचार गर्ने तिर मात्रैभन्दा रोग नै लाग्न नदिने अभियान चलाउनुपर्ने आवश्यक छ, त्यसका लागि सचेतना जागाउन सङ्घ र प्रदेश सरकार लागि परेको छ, यसका लागि हामीले स्थानीय तहसँग साझेदारी गरेर काम गरिरहेको छौँ”, उनले भने ।

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले सङ्घीयता आइसकेपछि स्थानीय तहमा सडक सञ्जाल, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका पूर्वाधारको विकास भएको बताए । उनले स्थानीय तहको आयस्रोत नभएको दुर्गम क्षेत्रमा प्रदेश र सङ्घीय सरकारले बजेट व्यवस्थापन गरेर अस्पताल सञ्चालनका लागि सहयोग गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

bir.jpg

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले स्वास्थ्य सेवाको पहुँचमा जिल्लाका दुर्गम क्षेत्रलाई समेट्न प्रयास गरेको बताए । उनले जिल्लाको पालिकास्तरमा बागमतीले स्वास्थ्य सूचकमा राम्रो नतिजा हासिल गरेको जानकारी गराउँदै रोगको खोज पड्ताल गरी निदानका लागि विभिन्न अस्पतालसँग समन्वय गरेर गरिएको यो शिविरले स्थानीय नागरिकलाई निरोगी बनाउन महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

प्रमुख डा. पौडेलले १३ वटा सरकारी तथा गैरसरकारी संस्थाहरूबाट १७÷१८ जना विशेषज्ञ डाक्टरसहित ४० जना जनशक्ति परिचालन गरेर भएको यो शिविरपश्चात् थप तयारीका साथ अन्य स्थानमा शिविर राखेर सेवा प्रवाह गर्ने जानकारी गराए ।


बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी मगरले ललितपुरको कर्णालीको रुपमा रहेको दक्षिणी क्षेत्रलाई स्वास्थ्य कार्यालयले उच्च प्राथमिकता राखेको बताउँदै यस्ता शिविरबाट रोगको बेलैमा पहिचान हुन्छ र समयमै उपचार गर्दा पछि समस्या नहुने बताए।

images
प्रकाशित मिति :माघ १२, २०८१ शनिवार - ०९:१२:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology