Logo

सोमवार, आश्विन १९ गते २०८३

images

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

दैनिकी न्यूज

५, माघ २०८०
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
images

काठमाडौं । देशका पहाडी भेगमा आंशिक बदली छ। तराईका एक–दुई स्थानमा हुस्सु र कुहिरो लागेको छ।

​दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशका पहाडी भूभागमा आंशिक रही बाँकी भागको मौसम सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने  हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन  अनुरोध छ।

images
प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - ०७:४३:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology