Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित ७ जना घाइते

बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित ७ जना घाइते

दैनिकी न्यूज

१४, पौष २०८०
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित ७ जना घाइते
images

ललितपुर । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यूसमेत गएको छ । घटनामा ७ जना घाइते भएका छन् । ललितपुर प्रहरी परिसरका अनुसार घाइतेमध्ये चार जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।

घटनाका बारेमा जानकारी दिँदै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।’ उनले मृत्यू भएका दुई मध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्यू हुनुको वास्तविक कारण जानकारी हुने बताए । घटनामा अछाम, चौरपाटी गाउँपालिका वडा नं. १ बस्ने वर्ष २१ को वीरेन्द्र शाह र दैलेख, महावु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर बस्ने बर्ष २३ को सुजन राउतको मृत्यू भएको हो ।

कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरूले प्रदर्शन गरेका थिए । त्यसक्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै हवाई फायर गरेको थियो ।

आगजनी तथा तोडफोड घटनामा आशंकित ७३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

images
प्रकाशित मिति :पौष १४, २०८० शनिवार - ०८:३६:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology