Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नौ लाख नगदसहित १० जुवाडे ललितपुरको लेलेबाट पक्राउ, ७ दिनको म्याद थप

नौ लाख नगदसहित १० जुवाडे ललितपुरको लेलेबाट पक्राउ, ७ दिनको म्याद थप

राजु नेपाल

११, कार्तिक २०८०
नौ लाख नगदसहित १० जुवाडे ललितपुरको लेलेबाट पक्राउ, ७ दिनको म्याद थप
images

ललितपुर । ललितपुरमा जुवातास खेलीरहेको अवस्थामा प्रहरीले १० जना जुवाडे पक्राउ गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ स्थित लेले क्षेत्रमा बिहीबार नविन तिमल्सिनाको घरमा छापा मारेर प्रहरीले १० जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी नवराज कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार ३३ वर्षीय नविन सिलवालको घरमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर १० जना जुवाडेसहित ९ लाख दुई हजार नगद, कौडा १६ थान, तास ९ बुक, मोबाइल १० थान सहित पक्राउ गरेको बताए ।

पक्राउ पर्नेमा जिल्ला ललितपुर, गोदावरी नगरपालिकाका वडा नं. ५ लेले बस्ने बर्ष ३५ को सुरेन्द्र महत, बर्ष ३३ को नविन सिलवाल, बर्ष ३० को श्रीकृष्ण थापा, ३० को दिपेन्द्र थापा , बर्ष ३७ को कान्छा डंगोल, बर्ष ३५ को मनोज डंगोल, बस्ने बर्ष ६४ को रामकाजी महत, बर्ष ४७ को माधव महत, बर्ष ३३ को आशिष लामा र बर्ष ४९ को श्याम थापा रहेको छन् ।

पक्राउ परेकाविरुद्ध जुवा ऐन अन्तर्गत ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८० शनिवार - ०७:०६:४८ बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology