ललितपुर । समाजवादी मोर्चा अन्तर्गत ललितपुरका चार ओटा राजनीतिक दलहरुले प्रारम्भिक छलफलको सुरुवात गर्दै केन्द्रिय नेताहरूले गरेको निर्णयको स्वागत गरेका छन ।
शुक्रवार चार राजनितिक दलका जिल्ला नेताहरुको संयुक्त बैठक पछि प्रेस विज्ञप्ती जारी गर्दै मोर्चाको निर्माण देशको आवश्यकता र जनताको माग भएको मोर्चा आवद्ध नेता शिव प्रसाद कट्टेलले जानकारी दिए । उनका अनुसार मोर्चालाई सक्रिय बनाउने प्रतिबद्धता सहित यथासक्य सचिवालयको बैठक बसी चियापान सहितको भेला आयोजना गर्ने सममति भएको बताए ।
बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्यहरु दिनेश महर्जन, राजकाजी महर्जन, जिल्ला अध्यक्ष शिव प्रसाद कट्टेल, नेकपा (एकीकृत समाजवादी) को तर्फबाट कृष्णलाल महर्जन, हरिकृष्ण थापा, नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट विपिन सी, विकास सी, अनुप सी र जसपाबाट न्हुच्छेलाल महर्जन, कर्म महर्जन, सुरेन्द्र महर्जनको सहभागी रहेको थियो ।