काठमाडौं । शुक्रबारबाट अनिवार्य अवकाश पाउन लागेका सचिव वैकुण्ठ अर्याललाई सरकारले मुख्य सचिव नियुक्त गरेको छ । असोजमा अनिवार्य अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गराएर अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो ।
अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए ।
वैरागीलाई मन्त्रिपरिषद बैठकले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधासहित नियुक्त गरेको छ ।