Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर समृद्ध बनाउने यस्तो छ पम्फा भुसालको मास्टर प्लान

ललितपुर समृद्ध बनाउने यस्तो छ पम्फा भुसालको मास्टर प्लान

रामहरि कार्की

२५, कार्तिक २०७९
ललितपुर समृद्ध बनाउने यस्तो छ पम्फा भुसालको मास्टर प्लान
images

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ कि उम्मेदवार पम्फा भुसालले पयर्टनमा आधारित अर्थतन्त्रलाई चुनावी अजेन्डा बनाएकी छन् । उनले अबको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकोले पर्यटन विकास सँगसँगै आर्थिक विकास पनि हुने बताएकी छन् । उनले आफूले अघि सारेको घोषणापत्रको प्रमुख बुदाँमध्ये यसलाई पनि प्राथमिकतामा राखेकी छन् ।

उपत्यकाभित्र पयर्टन प्रवद्र्धनका प्रमुख क्षेत्रहरु सम्पदा र जात्रन–पर्वहरु हुन् । ती सम्पदा तथा परम्पराग पहिचानको संरक्षण र प्रवद्र्धन गरेर पर्यटन विकास गर्न सकिने उनको भनाई छ । भुसालले ललितपुर क्षेत्रका सबै सम्पदाहरुको डिजिटल प्रोफाइल तयार पार्ने र पर्यटकलाई त्यसबारे डिजिटल रुपमै जानकारी दिने घोषणापत्रमा समेटेकी छन् । ललितपुुरको रथ जात्रा, नेवारी, पर्वहरु, खाना, पहिरन, गरगहजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गरिने छ ।

ललितपुरको अर्को मुख्य विषेशता हो– हस्तकला । यस क्षेत्रलाई उकास्न पनि बजेट विनियोजन तथा वडागत अजेण्डा तयार गरी काम गरिने भुसालको दाबी छ । ‘ललितपुर कला कौसलले भरिपूर्ण सहर मानिन्छ, तर यसलाई जतिसक्दो प्रचारप्रसार गरी पयर्टक भित्र्याउन आवश्यक छ,’ उनले भनिन्, ‘यसो गर्दा एकातिर सम्पदा तथा यहाँको मौलिक कला संस्कृतिको प्रवद्र्धन हुन्छ, अर्कातिर हामीले आम्दानी पनि गर्न सक्छौं ।’ उनले ललितपुर क्षेत्र ३ मा कैयौं कला कौसल रहेकोले तीनको जीवन्तताको लागि आफूले विगतदेखि नै संरक्षण जुटेको बताईन् । त्यसको त गुठी विधेयकको विरुद्धमा पनि भुसालले आवाज उठाएकी थिइन् । आफू नेवारी समुदाय र मौलिक संस्कृतिको खानी भएको क्षेत्रको राजनीतिज्ञ भएको हिसाबले त्यहाँका सबैखाले आवश्यकता, अधिकार र समस्यामा सधै खटिने भुसालले जानकारी दिइन् ।

यसबाहेक भुसालले ललितपुर क्षेत्रमा मठ मन्दिरको संरक्षण, पुर्ननिर्माण र त्यसको रक्षाको लागि आफूू सदैव लागिपर्ने बताएकी छन् । उनले यहाँका ऐतिहासिक सम्पदा संरक्षण र विकास निर्माणलाई यसपटकको मुख्य चुनावी अजेण्डा बनाएकी छन् । नेवारी संस्कृति झल्कने गरी नयाँ नयाँ पर्यटकीय क्षेत्रको विकास पनि गरिने भुसालको योजना छ । वितेका ५ वर्षमा पनि उनले आफ्नो चुनावी क्षेत्रमा महत्वपूर्ण काम गरेकी छन् । यहाँको सम्पदा संरक्षणमा उनको प्रत्यक्ष सहभागिता रहने गरेको छ ।

 

यो पनि पढ्नुहोस

ललितपुर–३ यी हुन् पम्फाको दोहोरिने आधार, खड्का र कार्कीको चर्चा मात्रै

ललितपुर ३ : सत्ता गठबन्धनका सबै उम्मेदवार अत्यधिक मत ल्याएर विजयी हुने

ललितपुरका उम्मेदवार भोट माग्दै घर–दैलोमा

मतदाताको दैलोमा पम्फा र जितेन्द्र, ‘विकास र समृद्धिका लागि भोट दिनुस् ’

ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडौँ : मन्त्री भुसाल

ललितपुर महानगरको वडा नं २६ र २७ मा मन्त्री भुसालको घरदैलो (फोटोफिचर सहित)

 

images
प्रकाशित मिति :कार्तिक २५, २०७९ शुक्रवार - १०:४५:०७ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology