Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर–११ मा माओवादी केन्द्रको उत्साहपूर्ण घरदैलो (फोटोफिचर)

ललितपुर–११ मा माओवादी केन्द्रको उत्साहपूर्ण घरदैलो (फोटोफिचर)

देवीदत्त पौडेल

२४, बैशाख २०७९
ललितपुर–११ मा माओवादी केन्द्रको उत्साहपूर्ण घरदैलो (फोटोफिचर)
images

ललितपुर । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि देशैभर सरगर्मी बढिरहेको छ । दलका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । यसैबीच शनिबार बिहान नेकपा (माओवादी केन्द्र) बाट ललितपुर महानगरपालिका उपमेयरका उम्मेदवार बाबुराज बज्रचार्यसहित वडा नं ११ का उम्मेदवारहरु उत्साहपूर्ण रुपमा घरदैलोमा सहभागी भएका छन् ।

ललितपुर महानगरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार चिरीबाबु महर्जन र माओवादी केन्द्रको तर्फबाट उपमेयरमा बाबुराज बज्राचार्य चुनावी मैदानमा छन् ।

शनिबार विहान भएको घरदैलो कार्यक्रममा उपमेयरका उम्मेदवार बाबुराज बज्राचार्यसहित वडा नं ११ मा वडाध्यक्षका उम्मेदवार सुरेश मान महर्जन, वडा सदस्यका उम्मेदवारहरु सहित माओवादी केन्द्रका नेताहरु सरोज डंगोल, लक्ष्मण महर्जन, सुशिल खनाललगायतका नेताहरु घरदैलोमा सहभागी भएका थिए ।

घरदैलो अभियानमा सहभागी उम्मेदवार तथा नेताहरुलाई मतदाता तथा जनताले टिका माला तथा खादा लगाएर सम्मान गरेका थिए ।

घरदैलो अभियानका क्रममा उम्मेदवारहरुले वडाका समस्याहरु समाधान गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

279567291_731863101301602_2947172524237911132_n.jpg

279630888_532502988594557_1421318079550651551_n.jpg

279835611_476591254261882_7493115994951632781_n.jpg

280145519_549687886806003_1602752997116892590_n.jpg

280010025_984831829088823_6340066049959674719_n.jpg

images
प्रकाशित मिति :बैशाख २४, २०७९ शनिवार - १३:०९:१२ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology