ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पाँच वर्षको कार्यकाल आफ्नै प्रशंसामा विताएका छन् । स्मार्ट सिटी, फ्लाइ ओभर, साइकल सिटी आदि कुराहरुको प्रचार गरेर चुनाव जितेका चिरीबाबुले महानगरको पुरातात्विक अस्तित्व बचाउनका लागि भन्दा पनि आफ्ना स्वार्थका कामका पाँच वर्ष व्यतित गरेका छन् ।
पञ्चायत कालमा २०३९, २०४३ साल गरी दुई पटक र प्रजातान्त्रिक व्यवस्थामा एक पटक २०४९ सालमा वडा अध्यक्ष बन्ने अवसर पाएका चिरीबाबुलाई २०७४ सालको स्थानीय निर्वाचन अघिसम्म नेपाली काँग्रेसका अधिकाँश कार्यकर्ताहरुले चिन्दैनथे । तत्कालीन जिल्ला सभापति मदन बहादुर अमात्यलाई प्रभावमा पारेर महानगरको टिकट हत्याउन सफल भएका चिरीबाबुले आफैलाई जिताउनका लागि मरिहत्ते गर्ने मदन अमात्यलाई लत्याएर आफूखुसी काम गर्न समेत भ्याए । आफ्नै पार्टीले जितेको मेयर भएका कारण उनलाई भेटन आएका तत्कालीन गृहराज्यमन्त्री (हाल बागमती प्रदेशका विपक्षी दलका नेता) इन्द्र बहादुर बाँनियाँ, केन्द्रीय सदस्य उमा रेग्मी, तत्कालीन तरुण दलका अध्यक्ष (हालका काँग्रेस केन्द्रीय सदस्य) जीतजंग बस्नेत समेतलाई उनले ४५/४५ मिनेट आफ्नो कार्यकक्ष बाहिरै कुराएर समेत पार्टीभित्र आलोचित भए ।
नगर प्रमुखमा निर्वाचित भएदेखि नै मोनोरेल, फ्लाइओभर बनाउने, दश दिनमै धुलो र धूवाँमुक्त शहर बनाउने भनी हरेक सभा, समारोहमा भाषण गर्दै ताली बटुलेका महर्जनले पाँच वर्षसम्म पनि पूरा गर्न सकेनन् ।
आकर्षक नारा र मिठा कुरा गरेर हरेक सभा समारोहमा उस्तै उहीँ भाषण दोहोर्याउने चिरीबाबुले आफ्नो कार्यकालमा काँग्रेसबाटै निर्वाचित जनप्रतिनिधिलाई समेत रिझाएर काम गर्न नसकेको वताउँछन् एक वडा अध्यक्ष ।
अपेक्षाभन्दा थोरै नतिजा आफ्नो कार्यकाल सफल रहेको देखाउन मेयर महर्जनले समग्रमा प्रस्तुत गर्दै आएका कामहरू बढी देखावटी र परिणाममुखी कम रहेको आम मतदाताको बताउँछन् । चिरीबाबुको पाँच वर्षे कार्यकाल निराशाजनक नभई मात्र नभई अनेक विवादित र गैरजिम्मेवारपूर्ण व्यवहारले महानगरवासीले स्थानीय सरकार भएको आभाष गर्न नसकेको वताउँछन् ललितपुर महानगरपालिका वडा नं. १२ का एक स्थानीय ।
प्रचारमुखी भएको नगरवासीको धारणा छ । कला, संस्कृति, सम्पदाले भरिएको ऐतिहासिक ललितपुर नगरीका मेयरले यहाँका कला, संस्कृति, सम्पदासँगै भौतिक पूर्वाधारको विकासमा उदाहरणीय काम गर्ने सबैले अपेक्षा गरेका थिए । तर, मेयर महर्जनको पाँच वर्ष कार्यकाल निराशाजनक नभई मात्र नभई अनेक विवादित र गैरजिम्मेवारपूर्ण व्यवहारले स्थानीय जनताले सम्मानको अनुभूत गर्न सकेन ।
महानगरका विभिन्न स्थानमा स्मार्ट लाइट जडान गरेर, साइकल लेन वनाएर महानगरलाई स्मार्ट सिटी बनाउन पहल गरेको प्रचार गर्ने चिरीबाबुका यी दुवै कामले कुनै प्रभाव पार्न सकेका छैनन् । चिरीबाबुका साइकल लेन सवारी साधन पार्किङ गर्ने सुरक्षित स्थान भएको छ भने आधा जसो स्मार्ट लाइट बल्नै छोडिसकेका छन्। नेपाल सरकारले आज भन्दा केही वर्ष अगाडि नै सार्वजनिक स्थानलाई धुम्रपान निशेधित क्षेत्र घोषणा गरेको पनि जानकार नरहेका चिरीबाबुले निर्वाचन आउँनै लाग्दा चर्चा बटुल्न महानगरको जावलाखेल, मंगलबार क्षेत्रलाई मात्रै धुम्रपान निशेधित क्षेत्र घोषणा गरेका छन् । आजभोली चिरीबाबुका यस्ता कामहरुको जनस्तरमा तिव्र आलोचना भइरहेको छ ।
आफू महागरको प्रमुखमा निर्वाचित भएपछि एक समय जिल्ला सभापति मदन बहादुर अमात्य र पार्टी सभापति शेरबहादुर देउवाको फोन समेत नउठाउने चिरीबाबु अहिले फेरि ललितपुर महानगरको टिकट हत्याउनका लागि दुवैको चाकडी र चाप्लुसीमा लागि परेको काँग्रेस कार्यकर्ताहरु वताउँछन् ।
हरेक सार्वजनिक सभा, समारोहमा आफूले बोल्ने क्रममा आयोजक, विषय, सन्दर्भ वा प्रसँगलाई कुनै ख्याल नगरी सधैं आफ्नो कार्यकाल सफल रहेको दावी गर्दै आफ्नै मात्रै प्रशंसा गर्ने महर्जनको व्यवहारका कारण उनैले एक समय नेतृत्व गरेको ज्यापू समाजका प्रायः पदाधिकारीहरु समेत रुष्ट बनेका छन् ।