Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा चुनावको सरगर्मी बढ्यो, यी हुन स्थानीय तहहरुका सम्भावित मेयरका आकांक्षीहरु

ललितपुरमा चुनावको सरगर्मी बढ्यो, यी हुन स्थानीय तहहरुका सम्भावित मेयरका आकांक्षीहरु

देवीदत्त पौडेल

११, चैत्र २०७८
ललितपुरमा चुनावको सरगर्मी बढ्यो, यी हुन  स्थानीय तहहरुका सम्भावित मेयरका आकांक्षीहरु
images

ललितपुर । सरकारले आउँदो बैशाख ३० गते स्थानीय निकायको चुनाव गर्ने भनेर मिति सार्वजनिक गरेसँगै चियापसलदेखि पार्टी कार्यालयसम्म चुनावी चहलपहल र चर्चा शुरु भएको छ ।

देश संघीय व्यवस्थामा गएसँगै पहिलो जनप्रतिनिधिको रुपमा हाल कायम रहेका पदाधिकारीहरुको दिनगन्ती शुरु भएको छ भने अन्य धेरै नयाँ अनुहारहरु आफ्नो टिकटको व्यवस्था मिलाउने केन्द्रमा लबिङ गर्न थालिसकेका छन् । सबै प्रकारका शक्ति प्रयोग गरि आफ्नै नाममा टिकट ल्याउन धेरै स्थानीय तहका नेताहरु भित्र भित्र लागि परेको पाइएको छ ।

आफ्नो ५ बर्षे कार्यकालमा राम्रै काम गरे भन्न ठान्नेहरु फेरि दोहोरिने मुडमा छन् भने अन्य आकांक्षीहरु कसरी आफ्नो पोल्टामा पार्ने भन्ने सोचमा छन् ।

स्थानीय चुनावका लागि दलहरूले उम्मेदवार छान्न शुरू नगरे पनि सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ । खासगरी, प्रमख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कसलाई टिकट दिने भन्ने सवालमा अहिले चर्चा हुन थालेको छ ।

ललितपुरमा रहेका ६ वटै स्थानीय तहका प्रमुखमा कुनै पनि राजनीतिक दलले भने हालसम्म उम्मेदवारको टिकट वितरण गरिसकेका छैनन् । तर, सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ । हालसम्म प्रमुख राजनीतिक दलबाट चर्चामा रहेका उम्मेदवारको विवरण यस्तो छ ।

ललितपुर महानगरपालिका

नेपाली कांग्रेस
भरतलाल न्याछ्यों
प्रेमकृष्ण महर्जन
चिरीबाबु महर्जन
गिता सत्याल

नेकपा एमाले
हरिकृष्ण व्यञ्जनकार
बाबुकाजी प्रधान

नेकपा माओवादी केन्द्र
बाबुराजा बज्राचार्य
सरोज डंगोल
कुलाल डंगोल

महालक्ष्मी नगरपालिका

नेपाली कांग्रेस
महेश खड्का
पवन विक्रम थापा
दिवाकर सिलवाल
अवशेष श्रेष्ठ
नविन्द्र देव सिंह

नेकपा एमाले
रामेश्वर श्रेष्ठ
हरिगोविन्द श्रेष्ठ
गंगा न्यौपाने
चिरञ्जीवि आचार्य
राजकुमार सिलवाल

नेकपा माओवादी केन्द्र
शिवप्रसाद कट्टेल
कृष्णकुमार महर्जन

गोदावरी नगरपालिका

नेपाली कांग्रेस
गजेन्द्र महर्जन
विमल थापा
पुरुषोत्तम सिलवाल
रामशरण घिमिरे
चक्र महर्जन

नेकपा एमाले
करिष्मा मानन्धर
गम्भिर बहादुर राना
रघुनाथ महर्जन
चेतनाथ सञ्जेल
मधुसुदन पौडेल

नेकपा माओवादी केन्द्र
न्हुच्छे बहादुर महर्जन
महेन्द्र श्रेष्ठ
भाग्यराम महर्जन
रामप्रसाद दाहाल
राज घिमिरे

बागमती गाउँपालिका

नेपाली कांग्रेस
वीरबहादुर लोप्चन
विष्णुप्रसाद तिमल्सिना
रविन्स शर्मा
गणेश महत
माधव दुलाल

नेकपा एमाले
नवराज सञ्जेल
साजन दर्लामी
दुर्गा प्रसाद घिमिरे

नेकपा माओवादी केन्द्र
निशान मगर

महांकाल गाउँपालिका

नेपाली कांग्रेस
खोम प्रसाद घिमिरे
गणेश केसी
ऋषिदेव फुयाल

नेकपा एमाले
रामचन्द्र दाहाल
पुरुषोत्तम हुमागाई
नवराज महत


नेकपा माओवादी केन्द्र
भगिरथ तिमल्सिना

कोन्ज्योसोम गाउँपालिका

नेपाली कांग्रेस
राजन प्रसाद घिमिरे
सुरेश लामा

नेकपा एमाले
कृष्णमान लामा
कविन्द्र स्याङ्वो

नेकपा माओवादी केन्द्र
गोपीलाल सिंतान

images
प्रकाशित मिति :चैत्र ११, २०७८ शुक्रवार - १२:३२:४१ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology