ललितपुर । नेकपा (एमाले) ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
समाजवादी ललितपुरका सचिव सुदर्शन मिश्रका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।
सिलवालले एमाले ललितपुरको आठौं अधिवेशनमा अध्यक्षमा दाबी गरेको थिए। उनी हाल बागमती प्रदेश कमिटी सदस्य छन्। सिलवाल २०७७ जेठ ३ मा जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए।

उनी साविकको गोदावरी गाविसका दुई कार्यकाल अध्यक्षसमेत भएका थिए। २०७३ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवार भएका सिलवाल नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनसँग पराजित भएका थिए।