Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

यस्ता क्षेत्रका सवारी साधनमा लागु हुने छैन जोरबिजोर प्रणाली (हेर्नुहोस सूचना)

यस्ता क्षेत्रका सवारी साधनमा लागु हुने छैन जोरबिजोर प्रणाली (हेर्नुहोस सूचना)

दैनिकी न्यूज

७, माघ २०७८
यस्ता क्षेत्रका सवारी साधनमा लागु हुने छैन जोरबिजोर प्रणाली (हेर्नुहोस सूचना)
images

काठमाडौं । काठमाडौं उपत्यकामा आज राति १२ बजेदखि जोरबिजोर प्रणाली लागु हुँदैछ । सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्न आदेश जारी भइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आज पुन अर्को विज्ञप्ति जारी गरेर जोरबिजोर लागु नहुने क्षेत्रहरुबारे स्पष्ट पारेको छ । औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल शववहान, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा जोरबिजोर लागु हुने छैन ।

यस्तै खाद्यन्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंक्षीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक बसेर सञ्चालन गर्न पाउनेछन् ।

परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउनेछन् ।

परिचयपत्रको आधारमा बैंक विमा, वित्तिय संस्था, वायूसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागु हुनेछैन ।

सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधनमा जोरबिजोर लागु हुने छैन ।

lpj.jpg

images
प्रकाशित मिति :माघ ७, २०७८ शुक्रवार - १४:३६:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology