Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

जिल्ला प्रशासन कार्यालय ललितपुरका कर्मचारीलाई कोरोना : अत्यावश्यकबाहेक सम्पूर्ण सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय ललितपुरका कर्मचारीलाई कोरोना : अत्यावश्यकबाहेक सम्पूर्ण सेवा स्थगित

दैनिकी न्यूज

५, माघ २०७८
जिल्ला प्रशासन कार्यालय ललितपुरका कर्मचारीलाई कोरोना : अत्यावश्यकबाहेक सम्पूर्ण सेवा स्थगित
images

ललितपुर। जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको छ ।

कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा स्थगित गरेको जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।


जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार एक सूचना जारी गरी केही कर्मचारीमा संक्रमण देखिएकाले बिहीबारदेखि प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जनाएको छ ।

बिहीबारदेखि लागू हुने गरी नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी फाँटर्फको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ । शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा हुने छ ।

lalitpur-corona.jpg

images
प्रकाशित मिति :माघ ५, २०७८ बुधवार - १४:०२:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology