काठमाडौं। तनहुँको बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।
आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडानम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको हो ।
मृत्यु हुनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । विममाया र सुकबहादुरको अस्पताल ल्याउँदै गर्दा बाटोमा र अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
घुमाउनेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो । शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।