Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

त्रिभुवन विमानस्थलमा भिजिटर पास बन्द

त्रिभुवन विमानस्थलमा भिजिटर पास बन्द

दैनिकी न्यूज

२७, पौष २०७८
त्रिभुवन विमानस्थलमा भिजिटर पास बन्द
images

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अत्यावश्यक बाहेकका लागि भिजिटर पास दिन बन्द गरेको छ ।

विमानस्थलमा हुने भीडभाड कम गर्न तत्कालका लागि भिजिटर पास बन्द गरेको विमानस्थल कार्यालयले सूचना जारी गरेर जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार कोभिड–१९ को जोखिम समेतलाई दृष्टिगत गरेर विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थाबाहेक भिजिटर पास उपलब्ध नगराइने भएको हो ।

विमानस्थल कार्यालयले कोभिडको नयाँ भेरियन्टको संक्रमणबाट बच्न र अरूलाई बचाउन अनावश्यक भीडभाड नगर्न पनि अनुरोध गरेको छ ।

विमानस्थल कार्यालयले विमानस्थलबाट यात्रा गर्दा अपनाउनुपर्ने स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको परिपालना गर्न पनि यात्रु तथा सम्बन्धित सरोकारलावालाई आग्रह गरेको छ ।

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - १४:४३:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology