Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

आफ्नै श्रीमानको हत्या गरेको आरोपमा सुस्मिता सिङ्तान ललितपुरबाट पक्राउ

आफ्नै श्रीमानको हत्या गरेको आरोपमा सुस्मिता सिङ्तान ललितपुरबाट पक्राउ

दैनिकी न्यूज

२६, पौष २०७८
आफ्नै श्रीमानको हत्या गरेको आरोपमा सुस्मिता सिङ्तान ललितपुरबाट पक्राउ
images

ललितपुर । आफ्नै श्रीमानको हत्या गरेको आरोपमा महालक्ष्मी नगरपालिका वडा नं. १० कात्तिके डाँडाबाट वर्ष २६ की सुस्मिता सिङ्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षक हरि बहादुर ओलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरिएको हो ।

पुस २२ गते बेलुकाको समयमा महालक्ष्मी–१० कात्तिकेडाडाँमा कुमार सिङ्तान घोप्टो परी मृत अवस्थामा फेला परेको थियो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको वृत्त सातदोबाटोले जनाएको छ ।

यस्तो छ घटनाको विवरण
२०७८ पुस २२ गते बिहानको समयमा महालक्ष्मी–१० कात्तिकेडाँडा स्थित ढलान गरेको गोरेटोबाटोमा २७ को कुमार सिङतान घोप्टो परीमृत्त अवस्थामा फेला परेको थियो । घटना सम्बन्धमा मृत्तक सिङ्तानको घर कोठा खानतलासी गर्दा फेलापरेको सबुत प्रमाण पुस २४ गते प्रहरी निरीक्षक हरि बहादुर ओलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मृत्तकले प्रयोग गर्ने मोबाइलको कल बिबरण निकालियो । उक्त मोबाइलबाट प्रयोग भएको नम्बरबाट अर्को नम्बरमा सम्पर्क गरी बुझ्दा मृत्तकको कान्छी श्रीमती कान्छी मगर हो भनि बताइएको थियो । उनलाई प्रहरी कार्यालयमा बोलाई घटनाबारे बुझ्दा पुस २१ गते बेलुकाको समयमा मृत्तक कुमार सिङतानसँग कुराकानी हुँदा घरमा जाँदै छु, पछि कुरा गरौला भनि फोन राखेको भनि सुनाइन । मृत्तककै मोबाईलबाट फोन सम्पर्क भएको मोबाईल नम्बरसँग फोन सम्पर्क गर्दा मृतकको कान्छी श्रीमतीको दिदी सपना कुमारी फेवाली हुँ भनि बताएकोले उनलाई समेत कार्यालयमा बोलाई घटना बिबरण कागज गर्दा मृत्तकले पुस २१ गते बेलुका आफ्नो मोबाईलबाट फोन गर्दा पटक पटक फोन काटिएको चौथो पटक फोन आउदा महिला बोली मेरो श्रीमानसँग सुत्ने भनि गाली गलौज गरेको थिईन् भनि खुलाएको थियो । सो घटना सम्बन्धमा प्रहरी निरीक्षक ओलीको नेतृत्वमा खटिएको प्रहरी टोली मृत्तकको घरमा गई मृत्तकको श्रीमतीलाई माथी उल्लेखित कुरा जानकारी गराई घटना के कसरी भएको हो भनि सोधपुछ गर्दा पुस २१ गते बेलुका श्रीमान घरकोठामा आएपछि श्रीमानको मोबाईल हेर्दा अन्य केटीसँग कुराकानी गरेको थाहा पाई सोही बिषयमा बिवाद हुँदा आवेशमा आई काठको दाउराले श्रीमानलाई पटक पटक प्रहार गर्दा श्रीमानको शिरमा चोट लागी टाउकोबाट रगत बगी अचेत भएपछी पटक पटक पानी खुवाई श्रीमानलाई बोलाउदा नबोलेको केही समय पछि शरिर चिसो भएकोले डर लागि राती टाउकोमा प्रहार गरेको काठको दाउरो घर बाहिर झाडीमा फाले, टाउकोबाट रगत बगी भुईमा लागेको थियो । रगत हुंदा भुई लिपपोत गरी सफा गरे, सिरकको खोलले श्रीमानको चोट लागेको ठाउँमा बेरी रगत बग्न नदिई श्रीमानलाई बोकेर गोरेटो बाटोमा घोप्टो अवस्थामा राखि श्रीमानको चप्पल समेत लगी श्रीमानलाई राखेकै स्थानमा राखि रगत लागेका कपडाहरु बोरामा हाली झाडीमा फालेको र रगत लागेको केही सामानहरु बाकसमा राखी श्रीमानले प्रयोग गर्ने मोबाईल स्वीच अफ गरी छानोमा लुकाएकी छु भनि बताएको हुंदा घटनास्थल मुचुल्का गरी घटनास्थल मुचुल्काको साथ मृत्तकले प्रयोग गर्ने मोबाईल तथा मृत्तकलाई प्रहार गरेको काठको दाउरा समेत घटनास्थलबाट उठाई रगत लागेको कपडाहरु फालेको झाडीमा जाँदा बरामदी मुचुल्कामा उल्लेखित कपडाहरु फेलापारी बरामद गरी मिति पुस २५ समयमा ललितपुर जिल्ला महालक्ष्मी न. पा. वडा नं. १० कात्तिकेडाँडा स्थित उनको घरबाट सुस्मिता सिङतान नियन्त्रणमा लिइएको थियो ।

images
प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - २१:४२:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology