काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशभरी आन्शिकदेखि सामान्य बदली रहेको छ भने प्रदेश नं १ र प्रदेश नं २ का एक–दुई स्थानहरुमा हल्का वर्षा/हिमपात भएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष २३ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक देखी सामान्य बदली रही सबै प्रदेशहरुका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती : प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक देखी सामान्य बदली रहने छ । प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ पौष २४ गते (शनिबार)
दिउँसो : देशभर सामान्य बदली रहने छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन /चटयाङ सहित हल्का देखि मध्यम वर्षाको संभावना तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जन /चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
२०७८ पौष २५ गते (आईतबार)
दिउँसो : देशको सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य देखी पूर्ण बदली रही बांकी प्रदेशहरुमा आंशिक देखी सामान्य बदली रहने छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन /चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघ गर्जन /चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धरै स्थानहरुमा मेघ गर्जन /चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।