काठमाडौं । नेपाल प्रहरीका २६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाणले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको एकैपटक सरुवा गरेका हुन् ।
२६ जना एसएसपीको सरुवा हुदाँ महानगरीय अपराध महाशाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा र मानव बेखबिखन अनुसन्धान व्यूरोका प्रमुख पनि फेरिएका छन् । जसमा महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रवक्तासमेत रहेका प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत बसन्तबहादुर कुँवरलाई दिइएको छ । महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका चन्द्रकुवेर खापुङको भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तरगतको अपराध अनुसन्धान महाशाखामा सरुवा भएको छ ।
हेर्नुहोस सूचि



