Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

एमालेले छान्यो राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार

एमालेले छान्यो राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार

दैनिकी न्यूज

१९, पौष २०७८
एमालेले छान्यो राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार
images

काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले १९ जना उम्मेदवारको नाम टुंगो लगाएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पा, प्रदेश २ बाट असर्फी भिनवार यादव र विना साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै, वाग्मती प्रदेशबाट गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामी, गण्डकी प्रदेशबाट गोविन्दबहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता, कर्णाली प्रदेशबाट पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मा, सुदूरपश्चिम प्रदेशबाट नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभामा ५९ सदस्यीय छ भने ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ ।

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - २१:१३:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology