Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

उपत्यकासहित विभिन्न स्थानमा हुस्सु‚ दिउँसो हिमपातको सम्भावना, सचेत रहन आग्रह

उपत्यकासहित विभिन्न स्थानमा हुस्सु‚ दिउँसो हिमपातको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

१७, पौष २०७८
उपत्यकासहित विभिन्न स्थानमा हुस्सु‚ दिउँसो हिमपातको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभर हुस्सु तथा कुहिरोसहित चिसो बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि लागेको हुस्सु तथा कुहिरो विस्तारै हट्दै जानेछ। बिहान सबेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० मिटरमात्रै रहेको भिजिबिलिटी बिस्तारै बढ्दै गएको मौसमविद् राजु प्रधानाङले बताए।

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन्। हाल देशको गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ। तराईका केही भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।

शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति पनि देशभर आंशिक बदलीको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैबीच पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

काठमाडौं उपत्यकाको शनिबार बिहानको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर १५ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

images
प्रकाशित मिति :पौष १७, २०७८ शनिवार - ०८:५९:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology