बैतडी । बैतडी जिल्ला सदरमुकाम गोठलापानीस्थित कलुवाडमोडमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । उनीहरूलाई जिल्ला अस्पताल पुर्याइएको छ ।
दशरथचन्द नगरपालिका(२ थलालगाउँबाट बेहुली लिएर वडा नम्बर ६ को सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत कलुवाड मोडमा दुर्घटनामा परेको हो ।
आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ । जिपमा ७ जना सवार रहेको प्रहरीले जनाएको छ ।