Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

ललितपुरको उत्कृष्ट सामुदायिक वनको रुपमा काफ्ले सामुदायिक वन पुरस्कृत

ललितपुरको उत्कृष्ट सामुदायिक वनको रुपमा काफ्ले सामुदायिक वन पुरस्कृत

दैनिकी न्यूज

५, मंसिर २०७८
ललितपुरको उत्कृष्ट सामुदायिक वनको रुपमा काफ्ले सामुदायिक वन पुरस्कृत
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नंं ९ लामाटारमा रहेको काफ्ले सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०७७–०७८ को उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । ललितपुर जिल्लाभित्रका सामुदायिक वनहरु मध्येबाट सामुदायिक वन संरक्षण र व्यवस्थापनमा उत्कृष्ट कार्य गरेकोले पुरस्कृत गरिएको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत कृष्णराज न्यौपानेले बताए ।

समूहले सामुदायिक वनको मार्गदर्शनबमोजिम वन व्यवस्थापन र समूह परिचालन, निर्णय प्रक्रिया, सुशासन, सामाजिक विकास तथा पारदर्शितामा नतिजामूलक कार्य गरेकाले पुरस्कार प्रदान गरिएको कार्यालयको दाबी छ । पुरस्कारको राशि ४० हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा डिभिजन वन कार्यालय अधिकृत न्यौपानेले गत वर्षको आब २०७७–७८ मा सम्पन्न भएका कार्यक्रमको प्रगतिबारेमा जानकारी गराएका थिए ।
यसैगरी उक्त कार्यक्रममा चालू आव २०७८–७९ को डिभिजन वन कार्यालयको वार्षिक कार्यक्रम, राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम, पर्यापर्यटन तथा स्थानीय पर्यटन पूर्वाधधार विकास कार्यक्रम र वातावरण संरक्षण तथा शहरी वन विकास कार्यक्रमबारे जानकारी दिएका थिए ।

बैठकले उत्कृष्ट भएका काफ्ले सामुदायिक वन समूहलाई बधाई दिँदै आगामी दिनमा वन क्षेत्रको संरक्षण र विकासमा प्रभावकारीरुपमा काम गर्न अनुरोध समेत गरेको छ ।
वनका स्थानीय राजनीतिक दल, वन क्षेत्रका अगुवा र पत्रकाहरुले समेत सुझाव दिएका थिए ।
कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालयका सहायक वन अधिकृत थिर प्रसाद कोइरालाले गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर ५, २०७८ आइतवार - १६:०१:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology