Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

एकसय तीस जना माओवादी केन्द्र प्रवेश

एकसय तीस जना माओवादी केन्द्र प्रवेश

दैनिकी न्यूज

१, मंसिर २०७८
एकसय तीस जना माओवादी केन्द्र प्रवेश
images

जुम्ला । जुम्लामा विभिन्न पार्टी परित्याग गरि झण्डै डेढसय नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी परित्याग गरी १ सय ३० जना बुधबार माओवादी केन्द्र प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्र जुम्लाका नेता तथा कर्णाली प्रदेश सांसद नरेश भण्डारीले त्यसको जानकारी दिएका हुन् । माओवादी प्रवेश गर्ने सबै तीलागुफा गाउँपालिकाका हुन् । बुधबार माओवादी केन्द्रको प्रथम तिलागाउँ सम्मेलन गरिएको थियो । त्यही क्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई सांसद गजेन्द्रबहादुर महत, पूर्व राज्यमन्त्री गोमा कुँवर लगायतका नेताले फूलमाला र अवीर लगाएर स्वागत गरेका थिए । उनीहरुले माओवादी केन्द्र नै गरिब, निमुखाको पार्टी भएकोले अन्य दल त्याग गरेको बताएका थिए ।

images
प्रकाशित मिति :मंसिर १, २०७८ बुधवार - २३:५५:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology