काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले सोमबार राति जारी गरेको सूचनाअनुसार नेपाल प्रहरीमा जनपद प्रहरीतर्फ ८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो।
सोमबारै बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा कार्यरत विकासराज खनाल, दोस्रोमा प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो (काठमाडौं) मा कार्यरत अनुरागकुमार द्विदी र तेस्रो नम्बरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय (दाङ) मा कार्यरत राजेन्द्र सिंह खड्का छन्।
हेर्नुहोस सूचि
