Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

कार दुर्घटनामा परी ४ जनाको मृत्यु

कार दुर्घटनामा परी ४ जनाको मृत्यु

दैनिकी न्यूज

२८, कार्तिक २०७८
कार दुर्घटनामा परी ४ जनाको मृत्यु
images

काठमाडौं । रौतहटमा गएराति कार दुर्घटनामा परी ४ भारतीय नागरिकको मृत्यु भएको छ। सदरमुकाम गौर–चन्द्रनिगाहपुर सँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जना भारतीय नगरिकको मृत्यू भएको हो ।

चन्द्रनगिाहपुरबाट गौर तर्फ राति १०ः१५ बजेको समयमा तीव्र गतिमा आउँदै गरेको यू के १२ सी २९०० नम्बरको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना भएको कार सडक पेटीभन्दा करिब २० मिटर तल गहिरो पानीमा डुबेको थियो।

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - ०७:३२:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology