काठमाडौं । नेपाल प्रहरीका ९५ जना डिएसपीको सरूवा भएको छ।
बिहीबार प्रहरी प्रधान कार्यालयले ९५ जना डिएसपीको सरूवा गरेको हो। प्रहरी प्रधान कार्यालयले मंसिर महिनाको तलब भत्ता समेत सरूवा भएको दरबन्दीबाट खान पाउने गरिएको हो।
महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगन्जमा सरूवा भएको छ। उनको सट्टामा केन्द्रीय अनुसन्धान ब्युरोका अनिल घिमिरेलाई पठाइएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, डोटीका अंगुर जिसीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुर अन्वेषण योजना शाखामा सरूवा भएको छऽ
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा, टंगालका अनन्त राम शर्माको सिंहदरबार सुरक्षा गणमा सरूवा भएको हो।
हेर्नुहोस् सूचि







