Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

ललितपुरको ग्वार्कोमा सडक दुर्घटना हुदा २० वर्षीय युवकको मृत्यु

ललितपुरको ग्वार्कोमा सडक दुर्घटना हुदा २० वर्षीय युवकको मृत्यु

दैनिकी न्यूज

२५, कार्तिक २०७८
ललितपुरको ग्वार्कोमा सडक दुर्घटना हुदा २० वर्षीय युवकको मृत्यु
images

ललितपुर । ललितपुरको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु भएको छ।

आज ना ६ ख १९३३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ३१ प ७५४ नम्बरको स्कुटरमा सवार २० वर्षका सोप्निल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका काभ्रे घर भएका लामालाई उपचारका लागि प्रहरीले तुरुन्तै बी एण्ड बी अस्पताल पुर्याएको थियो।

अस्पतालमा पुर्याउनासाथ चिकित्सकले उनलाई विहान ८ः११५ बजे मृत घोषणा गरेका महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता, एसपी प्रज्वल महर्जलने जानकारी दिए ।

दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७८ बिहिवार - ०९:१७:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology