Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

ललितपुरमा स्वीप अपरेशनः गएराति ८ जना पक्राउ

ललितपुरमा स्वीप अपरेशनः गएराति ८ जना पक्राउ

दैनिकी न्यूज

२३, कार्तिक २०७८
ललितपुरमा स्वीप अपरेशनः गएराति ८ जना पक्राउ
images

ललितपुर । प्रहरीले अवैध क्रियाकलाप गर्नेहरुमाथि हरेक दिन ‘स्वीप अपरेशन’ चलाउँदै कारबाही गर्दै आएको छ । सोही अपरेशन अन्तर्गत प्रहरीले गएराति ललितपुरको विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ ।

ललितपुरको चापागाउँ वृत्त, सातदोबाटो वृत्त र परिसर अन्तर्गतका एरियाबाट गएराती ८ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता, एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

अपरेशनको क्रममा भर्खरका युवायुवतीहरुसमेत अनैतिक गतिविधिमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।

घरमा ‘साथीकोमा जान्छु’ भन्दै कतिपय युवायुवतीहरु होटलमा समेत भेटिने गरेको महर्जनले बताए । ‘यो अपरेशन दिनहुँ हुने गरेको छ । स्वीप अपरेशन भएन भने अपराधका घटनाहरु बढिहाल्छ,’ एसपी महर्जनले दैनिकीन्युजसँग भने ।

उनीहरु घटनामा संलग्न भएका हुन् वा हैनन भनेर अनुसन्धान भैरहेको छ । घटनामा संलग्न नभएकाहरुलाई उनीहरुको परिवारको सदस्यलाई बोलाएर जिम्मा लगाएर छोडिने महर्जनले बताए ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७८ मंगलवार - ११:०३:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology